logo
२०८१ बैशाख १५ शनिवार



कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु
फाइल तस्विर


इस्लामाबाद, जेठ २७ गते । कोरोनाभाइरसबाट सङ्क्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो ।

मङ्गलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना सङ्क्रमित भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या दुई हजार १७२ पुगेको छ ।

स्वास्थ्य विज्ञ एवम् विपक्षी राजनीतिज्ञहरूले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरू निरन्तर खुकुलो बनाउनुभएको छ । उहाँले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो सङ्कट आउने चेतावनी दिनुभएको छ ।

पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात् उनीहरूको दैनिक आय १.९० डलरभन्दा कम छ । पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?