logo
२०८१ बैशाख १४ शुक्रवार



दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरू आजबाट खुल्यो

अन्तर्राष्ट्रिय |
समाज |


दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरू आजबाट खुल्यो


नयाँ दिल्ली, जेठ २६ गते । करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरूका साथै मठमन्दिरहरू आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि मन्दिरहरू खुल्ने भनी जानकारी दिएको छ । सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरू सोमबारदेखि खुला गरिएको बताइएको छ ।

नयाँ दिल्लीको जामा मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरूका साथै साइबाबा मन्दिर र गुरुद्वारा पनि खुला गरिएको बताइएको छ । तर सोमबार बिहानै भने जामा मस्जिदमा धेरै भक्तजनहरूको उपस्थिति भने देखिएन ।

नयाँ दिल्लीका धेरैजसो मन्दिरहरू आज खुलेको भएपनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरू जम्मा भएका थिए । तर मन्दिरमा पुग्नेले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए ।

ती मन्दिर तथा तीर्थस्थलहरूमा पुगेका नागरिकहरूलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरू अपनाउन भनिएको थियो । उनीहरूलाई आवश्यक स्वास्थ्य मापदण्डहरू पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?