logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा लकडाउनको अवधि दुई हप्तालाई थपियो

अन्तर्राष्ट्रिय |


भारतमा लकडाउनको अवधि दुई हप्तालाई थपियो


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १९ गते । भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७ तारिक अर्थात जेठ ४ गते सम्मका लागि लकडाउनको अवधि थपिएको हो ।भारतीय गृहमन्त्रालयको एक विज्ञप्ति जारी गरी हालसम्मको परिस्थितिको ठोसे मूल्याङ्कन गरी सो निर्णय गरीएको जनाएको छ । साे अवधिमा देशका विभन्न भागमा रहेका राेकिएका कामदार विद्यार्थीहरूलाइ भने रेलबाट सम्बिन्धत राज्यहरूमा जान दिने निर्णय गरेकाे छ । 
साथै सो थपिएको अवधिमा विभिन्न जिल्लाहरुलाई संक्रमणका अबस्था हेरी रेड, ग्रीन र अरेन्ज जोनकाम रुपमा विभाजन गरी ग्रीन र अरेन्ज जोन अर्थात जोखिम कम भएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाउने जनाएको छ

यसैबीच राससका अनुसार प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।    
 सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको बिकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।    
 लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोनाभाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ ।    
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ । देशलाई कोरोनाभाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाई छ ।    
भारतमा केन्द्रीय सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ ।    
 निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ । 

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी भएको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको सङ्ख्या ७७ रहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?