logo
२०८१ बैशाख २० बिहीवार



पाकिस्तानका पूर्वप्रधाधनमन्त्री शरिफ विरुद्ध पक्राउ पूर्जी जारी

अन्तर्राष्ट्रिय |


पाकिस्तानका पूर्वप्रधाधनमन्त्री शरिफ विरुद्ध पक्राउ पूर्जी जारी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १६ गते । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पक्राउ पूर्जी जारी गरेको छ । ३४ वर्षअघिको जग्गा किनबेच मामिलामा पाकिस्तानको नेशनल एकाउन्टेबिलिटि ब्यूरो(एनएबी)ले शरिफलाई पक्राउ गर्न पूर्जी जारी गरेको समाचार संस्था एएनआईले जनाएको छ ।
जङ समूहका प्रधान सम्पादक मिर शकीलुर रहमानसँग सम्बन्धित मुद्दामा शरिफलाई बयान दिन अदालतमा उपस्थित हुन दिएको निर्देशन पालना नगरेको ब्यूरोले ठहर गरेको छ । शरिफ पञ्जाब प्रान्तका मुख्यमन्त्री हुँदा उक्त जग्गा सन् १९८६ मा अवैधानिक रुपमा लिजमा दिनुभएको दाबी गरिएको छ । पाकिस्तानको मुश्लीम लिग– नवाजका ७० वर्षीय नेता शरिफ स्वास्थ्य उपचारमा हुनुहुन्छ । रहमान भने प्रहरीको हिरासतमा छन् । पाकिस्तानका सञ्चारकर्मी, नागरिक समाज भने पक्राउको विरोध गर्दै आन्दोलनमा छन् ।
मार्च २७ मा एनएबीले शरिफलाई बयान दत्र्ता गर्न मार्च ३१ मा बोलाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?