logo
२०८१ बैशाख १४ शुक्रवार



अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत घोषणा

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत घोषणा


वाशिंगटन डीसी, वैशाख ६ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गर्नुभएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुयाउने उद्धेश्यले उहाँले राहतको घोषणा गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । कुल १९ अर्ब अमेरिकी डलर मध्ये १६ अर्व अहिले नै किसानहरुलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उहाँले बताउनुभयो ।
“आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भन्नुभयो । उहाँले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भएपनि सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भएको छ । शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले किसानहरुलाई सिधै राहत दिने र खाद्य पदार्थ संचय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीहरुले राहत रकम पाएको पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?