logo
२०८१ बैशाख १४ शुक्रवार



'कोरोना संक्रमणको सबैभन्दा खराब परिस्थितिबाट निस्कँदै स्पेन '

अन्तर्राष्ट्रिय |


'कोरोना संक्रमणको सबैभन्दा खराब परिस्थितिबाट निस्कँदै स्पेन '
तस्विर-सीएनएन, स्पेनको मड्रिडस्थित प्रदर्शनीीथलमा तयार गरिएको अस्थायी अस्पतालमा भर्ना भएका बिरामी


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २३ गते । स्पैनमा मार्च पहिलो सातापछि पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । शनिबार स्पेनमा ६७४ जना संक्रमितको मृत्यु भएको छ । दैनिक रुपमा वृद्धि हुँदै आएको मृत्यु प्रतिशतमा कमी आएको हो ।
सीएनएनका अनुसार स्पेनमा इटालीपछि कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने सबैभन्दा बढी १२ हजार ४१८ जना छन् । पछिल्लो घटनाक्रम र थपिने बिरामीहरुको संख्याको आधारमा स्पेन आफ्नो सबैभन्दा खराब परिस्थितिबाट निस्किसकेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार हाल ८० हजार २६१ जना सक्रिय संक्रमित छन् । शनिबार एक हजार ४८८ जना नयाँ संक्रमित थपिएका छन् । जुन मार्च १७ पछि सबैभन्दा कम नयाँ थपिएको संक्रमितको संख्या हो ।
यद्दपी आइतबार आइसीयूमा भर्ना हुने बिरामीको संख्या भने बढेको छ । ३२९ जना गम्भिर अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गरिएको सीएनएनले उल्लेख गरेको छ । शनिबार उक्त संख्या मात्र ११६ थियो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसका ३८ हजार ८० जना संक्रमित निको भएका छन् । शनिबारसम्म संक्रमणबाट मुक्त भएका बिरामीको संख्या ३४ हजार मात्रै थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?