logo
२०८१ बैशाख १५ शनिवार



कोभिड–१९ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु

अन्तर्राष्ट्रिय |


कोभिड–१९ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु


जेनेभा
चैत्त २२ गते । कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २०३ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
इटाली १४ हजार ६८१ १ लाख १९ हजार ८२७ १९ हजार ७५८
स्पेन ११ हजार १९८ १ लाख १९ हजार १९९ १३ हजार ५१३
अमेरिका ७ हजार ४०२ २ लाख ७७ हजार ४७५ १२ हजार २८३
जर्मनी १ हजार २७५ ९१ हजार १५९ २४ हजार ५७५
फ्रान्स ६ हजार ५०७ ८२ हजार १६५ १४ हजार ८
चीन ३ हजार ३२६ ८१ हजार ६३९ ७६ हजार ७५५
इरान ३ हजार २९४ ५३ हजार १८३ १७ हजार ९३५
बेलायत ३ हजार ६०५ ३८ हजार १६८ १३५
टर्की ४२५ २० हजार ९२१ ४८४
स्वट्जरल्याल्ड ५९१ १९ हजार ६०६ ४ हजार ८४६
बेल्जियम १ हजार १४३ १६ हजार ७७० २ हजार ८७२
नेदरल्यान्ड्स १ हजार ४८७ १५ हजार ७२३ २५०
क्यानाडा २०८ १२ हजार ५४९ २ हजार १८६
अष्ट्रिया १६८ ११ हजार ५२४ २ हजार २२
दक्षिण कोरिया १७७ १० हजार १५६ ६ हजार ३२५
पोर्चुगल २४६ ९ हजार ८८६ ६८
ब्राजिल ३६५ ९ हजार २१६ १२७
इजरायल ४० ७ हजार ४२८ ४०३
स्विडेन ३५८ ६ हजार १३१ २०५
अष्ट्रेलिया ३० ५ हजार ४५४ ५८५
नर्वे ५९ ५ हजार ३७० ३२
आयरल्याण्ड १२० ४ हजार २७३ २५
रुस ३४ ४ हजार १४९ २८१
डेनमार्क १३९ ३ हजार ७५७ १ हजार १९३
जापान ६९ २ हजार ९३५ ५१४
पाकिस्तान ४० २ हजार ७०८ १३०
साउदी अरेबिया २५ २ हजार ३९ ३५१
यूएई ९ १ हजार २६४ १०८
कतार ३ १ हजार ७५ ९३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप