logo
२०८१ बैशाख १५ शनिवार



जर्मनीले नागरिक सहायताका लागि सशस्त्र बल उतार्दै

अन्तर्राष्ट्रिय |


जर्मनीले नागरिक सहायताका लागि सशस्त्र बल उतार्दै


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २० गते । जर्मनीको सशस्त्र बलले कोरोना संक्रमणको बेला नागरिक सहायताका लागि १५ हजार सिपाही परिचालन गर्दैछ । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण फैल्न नदिन तथा नागरिकलाई सहायता गर्न जर्मनीले सशस्त्र बल(बुन्डेश्वेर) उतार्न लागेको यो पहिलो अवसर हो । जर्मनीको संविधानले घरेलु समस्याका लागि सशस्त्र बल उतार्न बन्देज लगाएको छ । जर्मनीमा करिब एक लाख ८४ हजार सशस्त्र बल रहेको छ । सशस्त्र बलमा करिब २० हजार स्वास्थ्य अधिकारीहरु छन् ।
जर्मनीका रक्षा मन्त्री एन्नेग्रेट क्राम्पकरेनबौरले सार्वजनिक प्रसारक एआरडीसँग कुराकानी गर्नुहुँदै स्वास्थ्य सुविधा सहायतासँगै उपभोग्य सामग्री र अत्यावशकीय कार्यमा सशस्त्र बल सहयोगीको रुपमा उत्रिने बताउनुभयो । नागरिक सहायताका लागि सशस्त्र बलको परिचालनले स्वास्थ्य अधिकारीसहित जवाफदेही निकायमाथिको दबाब कम हुने अपेक्षा गरिएको छ । जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या ८१ हजार ७२८ पुगेको छ । ९२७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
सशस्त्र बल उतार्ने जर्मनी भने पहिलो राष्ट्र होइन । यसअघि फ्रान्सले बुधबार अत्याधुनिक उपकरणसहित वायु सेना ए३३० को प्रयोग गरी कोरोना संक्रमितलाई उद्धार गरी अस्पताल पुर्याएको थियो ।
संक्रमणको दर फैलिरहँदा सशस्त्र बलले बिरामीलाई उपचार गर्न, बिचलित सर्वसाधारणलाई गन्तब्यमा पुर्याउन र प्रहरी तथा जवाफदेही निकायलाई सहयोग गर्ने रक्षा मन्त्री क्राम्पकरेनबौरले प्रष्ट्याउनुभयो ।
उहाँले सशस्त्र बल सुरक्षात्मक उपकरणको अभावबाट गुज्रिरहेको बताउनुभयो । हामीले अझै पर्याप्त मात्रा सुरक्षात्मक उपकरणको सञ्चिति गर्न नसकेको रक्षा मन्त्री क्राम्पकरेनबौरले उल्लेख गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?