logo
२०८१ बैशाख १४ शुक्रवार



टोक्यो ओलम्पिक एकवर्ष सार्ने सहमति

अन्तर्राष्ट्रिय |
खेलकुद |


टोक्यो ओलम्पिक एकवर्ष सार्ने सहमति


एजेन्सी
काठमाडौं, चैत्त ११ गते । जापानका प्रधानमन्त्री शिन्जो आबेई र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्षबीच टोक्यो ओलम्पिक एकवर्षका लागि स्थगित गर्ने सहमती भएको छ । टोक्योका गर्भर ओरिको कोइकोले आईओसीका अध्यक्ष थोमस बैचसँग उक्त सहमति भएको उल्लेख गर्नुभएको छ । तर औपचारिक रुपमा उक्त निर्णय आईओसीले लिनेछ ।
जापानका प्रधानमन्त्री आबेईले ग्रीष्म ओलम्पिक सन् २०२१ मा गर्न सहमत भएको बताउनुभएको हो । विश्वब्यापी कोभिड–१९ महामारीका बीच जापान र आईओसीमाथि टोक्यो ओलम्पिक सार्ने दबाब बढेको थियो । जुलाई २४ देखि अगष्ट ९ सम्म टोक्यो ओलम्पिक हुने तय गरिएको थियो । सन् १९१६, १९४० र १९४४ मा विश्वयुद्धको कारण ओलम्पिक खेल रद्द गरिएको थियो । ओलम्पिकको हालसम्म पुर्नतालिका गरिएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?