logo
२०८१ बैशाख २६ बुधवार



टोक्यो ओलम्पिकमा क्यानाडा सहभागी नहुने, अनिश्चितता बढ्यो

अन्तर्राष्ट्रिय |
खेलकुद |


टोक्यो ओलम्पिकमा क्यानाडा सहभागी नहुने, अनिश्चितता बढ्यो


एजेन्सी
काठमाडौं, चैत्त १० गते । क्यानाडाले आफ्नो खेलाडी फित्र्ता लिने निर्णय गरेपछि टोक्यो ओलम्पिक समयमै हुनेबारे अनिश्चितता बढेको छ । विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणले अनिश्तिता कायम रहँदा ओलम्पिकमा सहभागी हुने एक प्रमुख राष्ट्रले खेलाडी नपठाउने निर्णय गरेपछि थप अनिश्चितता बढेको हो ।
जापानी प्रधानमन्त्री शिन्जो आबेइले पहिलो पटक टोक्यो ओलम्पिक स्थगित हुन सक्ने सम्भावना जनाउनुभएको भोलीपल्टै क्यानाडाले उक्त निर्णय लिएको हो । क्यानाडाली ओलम्पिक कमिटिले आफ्नो खेलाडी, खेलाडी संघ संगठन र सरकारसँग छलफल गरेपछि कठीन निर्णयमा पुगेको जनाएको छ । क्यानाडाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटि र विश्व स्वास्थ्य संगठनलाई एकवर्षको लागि ओलम्पिक खेल स्थगित गर्न आग्रहसहितको पत्राचार गरेको छ ।
अष्ट्रेलियाले पनि टोक्यो ओलम्पिक हुन नसक्ने जनाउँदै आफ्नो खेलाडीलाई २०२१ को लागि तयारी गर्न निर्देशन गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले भने चार साताभित्र ओलम्पिकको आयोजनाबारे निर्णय लिने बीबीसीले जनाएको छ ।
टोक्यो ओलम्पिक जुलाई २४ बाट सुरु हुने निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?