logo
२०८१ बैशाख १५ शनिवार



पाकिस्तानमा लडाकू विमान दुर्घटनामा विङ कमाण्डरको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा लडाकू विमान दुर्घटनामा विङ कमाण्डरको मृत्यु


एजेन्सी
काठमाडौं, फागुन २८ गते । पाकिस्तान वायु सेनाको एक लडाकू विमान दुर्घटना भएको छ । इस्लामाबाद नजिकको एक पार्कमा वायु सेनाको एफ–१६ लडाकू विमान दुर्घटना भएको हो ।
पाकिस्तानको वायु सेनाले मार्च २३ मा हुने राष्ट्रिय दिवसमा गरिने परेडको अभ्यासको क्रममा विमान दुर्घटना भएको जनाएको छ । अनेक संग्रहालय, गल्फ क्लब र जिन्नाह रङगशाला रहेको शकरपरियाँ क्षेत्रमा प्रहरी र सुरक्षा अधिकारीले घेरा हालेको छ ।
पाकिस्तानी वायु सेनालाई उद्धृत गर्दै बीबीसीले दुर्घटनामा विङ कमाण्डर नोमन अक्रमको मृत्यु भएको जनाएको छ । वायु सेनाले उक्त दुर्घटनाको छानबीन गर्न आदेश समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?