logo
२०८१ बैशाख १४ शुक्रवार



यूक्रेनी विमान दुर्घटना प्रकरण, अनुसन्धानका लागि केही ब्यक्ति नियन्त्रणमा

अन्तर्राष्ट्रिय |


यूक्रेनी विमान दुर्घटना प्रकरण, अनुसन्धानका लागि केही ब्यक्ति नियन्त्रणमा
तस्विरःबीबीसी, यूक्रेनी विमानमा सबार इरानी दम्पत्ती दुई छोरीसहित


एजेन्सी
काठमाडौं, पुस २९ गते । यूक्रेनी यात्रुवाहक विमानमा क्षेप्यास्त्र प्रहार घटनामा संलग्न रहेको भन्दै इरानले केही ब्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । विमान दुर्घटना भएको तीनदिनसम्म सैन्य संलग्नता अस्वीकार गर्दै आएको इरानले शनिबार मात्रै मानवीय त्रुटीले यात्रुवाहक विमानमा क्षेप्यास्त्र प्रहार गरिएको स्वीकार गरेको थियो ।
इरानी अदालतले ब्यक्ति नियन्त्रणमा लिइएको जानकारी गराउँदै अनुसन्धान प्रकृया जारी रहेको जनाएको छ । प्रवक्ता गुलाम होस्सैन इस्माइलीले अनुसन्धान प्रकृयामा केही ब्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति हस्सन रुहानीले विमान सम्बन्धी अनुसन्धान विशेष अदालतले गर्ने बताउनुभएको छ । उहाँले उक्त घटनामा ‘ट्रिजर’ थिच्ने मात्रैलाई दोष दिन नहुने प्रष्ट्याउनुभएको छ । राष्ट्रपति रुहानीले इरानी सशस्त्र बलले आफ्नो त्रुटी स्वीकार गरेर अनुसन्धानलाई सहज बनाएको बताउनुहुँदै आगामी दिनमा यस्तो घटना हुन नदिने विश्वास ब्यक्त गर्नुभएको छ ।
अधिकांश इरान र क्यानाडाका नागरिक बोकेको यूक्रेनी अन्तर्राष्ट्रिय विमान पी एस ७५२ तेहरान विमानस्थल नजिकै गत् बुधबार दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको थियो । इरानले मानवीय त्रुटीले विमानमा क्षेप्यास्त्र प्रहार गरिएको स्वीकार गरेपछि सरकार विरुद्ध प्रदर्शन तिब्र बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?