logo
२०८१ बैशाख १४ शुक्रवार



‘तेहरानले आक्रमण गरे इरानको ५२ स्थान लक्षित गरिएको छ’

अन्तर्राष्ट्रिय |


‘तेहरानले आक्रमण गरे इरानको ५२ स्थान लक्षित गरिएको छ’


एजेन्सी
काठमाडौं, पुस २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ५२ स्थललाई पहिचान गरी आक्रमणको लागि तयारी अवस्थामा रहेको चेताबनी दिनुभएको छ । उहाँले तेहरानले अमेरिकी नागरिक वा सम्पत्तीमाथि आक्रमण गरे अमेरिकाले कडा जवाब फर्काउने धम्की दिनुभएको हो ।
डेली मेलका अनुसार इरानले शनिबार अमेरिकी जहाजसहित ३५ वटा लक्ष्य पहिचान गरेको जनाएको थियो । प्रतिशोधका लागि इरानले केही प्रमुख मस्जिदमाथि रातो झण्डा लगाएर आक्रमणको संकेत समेत गरेको छ ।
अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य जनरल कसिम सुलेमानीको मृत्यु भएको दुई नबित्दै राष्ट्रपति ट्रम्पले यस्तो चेताबनी दिनुभएको हो । सुलेमानीको मृत्युले दुई देशबीच तनाब बढेको छ । इरानले प्रतिशोध लिने बताएको थियो । ट्रम्पले भन्नुभएको छ, “१९७९ मा तेहरानस्थित अमेरिकी दूताबासबाट बन्धन बनाइएका ५२ अमेरिकीलाई प्रतिनिधित्व अमेरिकी लक्ष्यले गर्नेछन् ।”
सुलेमानीको मृत्युपछि इराकको बगदादमा शोक रयालीको आयोजना गरिएको थियो । उहाँको शवलाई मंगलबार इरानमा अन्तिम संस्कार गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?