logo
२०८१ बैशाख १५ शनिवार



अमेरिकी हवाई आक्रमणमा इरानी कमाण्डर जनरलको मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकी हवाई आक्रमणमा इरानी कमाण्डर जनरलको मृत्यु


एजेन्सी
काठमाडौं, पुस १८ गते । ईरानको कुर्दस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका छन् । आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल मुहांदिसको पनि मृत्यु भएको छ ।
इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएको बीबीसीले जनाएको छ । जनरल सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनुले अमेरिका र तेहरानबीच तनाब बढ्ने अनुमान गरिएको छ । सुलेमानी मृत्युको खबरलाई इरानको रिवोल्यूशनरी गार्डस्ले पनि पुष्टी गरेको छ । उक्त आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको हो ।
अमेरिकी रक्षा विभागले एक वक्तब्य जारी गरी अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सेनाको सुरक्षाको लागि सुलेमानीमाथि आक्रमणको कदम उठाइएको हो । रक्षा विभागले अमेरिकाले उनलाई आतंकवादी घोषित गरेको जनाएको छ ।
सुलेमानीको मृत्युलाई मध्य–पूर्बमा ठूलो घटनाको रुपमा लिइएको छ । इरानका प्रमुख एवम् प्रभावशाली नेता अयातोल्लाह अली खामेनीले सुलेमानीको मृत्युमा तीन दिने शोकको घोषणा गर्नुभएको छ । उहाँले घटनामा संलग्न अपराधीमाथि प्रतिशोध लिने दाबी गर्नुभएको छ । सुलेमानी अयातोल्लाहपछि इरानका सबैभन्दा प्रभावशाली ब्यक्तित्व हुनुहुन्थ्यो ।
उसले आफ्नो वक्तब्यमा सोलेमानी २७ डिसेम्बर र बिगत् केही महिना यता इराकस्थित अमेरिकी सैन्य गणमाथि आक्रमणमा सहभागी भएको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?