logo
२०८१ बैशाख १४ शुक्रवार



अष्ट्रेलियाको झाडीमा आगलागि हुँदा तीनजनाको मृत्यु

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियाको झाडीमा आगलागि हुँदा तीनजनाको मृत्यु


एजेन्सी
काठमाडौं, कात्तिक २४ गते । अष्ट्रेलियाको जङगलमा झाडीमा लागेको आगोले कम्तिमा तीनजनाको मृत्यु भएको छ । हजारौं व्यक्ति आगलागिबाट विस्थापित भएका छन् ।
अधिकारीहरुका अनुसार मृत्यु हुने तीनजना मध्ये दुईजनाको शव सिडनीभन्दा ५५० किलोमिटर उत्तरमा पर्ने ग्लेन इन्स शहरमा फेला परेको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्याण्डको करीब एक सय स्थानमा अझै झाडीमा आगो दन्केको देखिएको छ । न्यु साउथ वेल्समा करीब १ सय ५० घर आगोले नष्ट भएको छ ।


जङगलमा करीब छ मिटरमाथिसम्म आगोको मुस्लो पुगेको छ । जुन ८० किलोमिटर प्रतिघण्टाको दरले अगाडि बढेको छ ।
आगो निभाउन एक हजार तीन सय आगो नियन्त्रक खटाइएका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट्ट मौरिसनले आगो नियन्त्रकलाई सघाउन सेना परिचालन गर्न सकिने बताउनुभएको छ । अष्ट्रेलियाली अधिकारीहरुले भने मौसममा आउन सक्ने परिवर्तनले सिड्नी नजिकको क्षेत्र समेत आगोको जोखिममा पर्न सक्ने सचेत गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?