logo
२०८० चैत्र ६ मंगलवार



इयू र बेलायतबीच नयाँ सहमति   

अन्तर्राष्ट्रिय |


इयू र बेलायतबीच नयाँ सहमति   


ब्रसेल्स, असोज ३० गते । युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ ।    
    
सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराउनुभएको छ ।    
    
यङ्करले बिहीबार लेख्नुभएको छ, “जहाँ चाहना, त्यहाँ उपाए । हामी एकै ठाउमा हुनेछौँ र सम्झौता गर्नेछौँ ।”     
    
“हामीले अहिले नयाँँ कानूनका लागि सहमति बनाएका छौँ । सहमति सबैको विजयका लागि भएको छ । यसले हाम्रो एकल बजार र आएरल्याण्डको शान्ति तथा स्थायित्वको रक्षा गर्नेछ भने बेलायत र इयूको मित्रतालाई निरन्तरता दिनेछ ।”    
    
“हामीले नयाँ र वैध समाधान ल्याएका छौ जसले कडा सीमा कानूनलाई प्रयोगमा ल्याउने छैन र आएरल्याण्डको शान्ति र स्थायित्वलाई रक्षा गर्नेछ ।”    
    
बेलायत र युरोपेली संघका लागि यो सम्झौता पारदर्शी र सन्तुलित हुनुका साथै समस्या समाधानको उपायको रूपमा पनि रहेको उहाँले उल्लेख गर्नुभयो । ब्रसेल्स सम्मेलन सुरु हुनुभन्दा केही घण्टा अगाडि उहाँहरुबीच सम्झौता भएको हो । इयू नेताहरू सहभागी हुने ब्रसेल्स सम्मेलनबाट पास गरेपछि सहमति औपचारिकता पाउनेछ ।    
    
यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मे ले गरेको सम्झौतामा बेलायतको संसदमा बहुमत जुट्न नसक्दा ब्रेक्जिट प्रक्रिया लम्बिएको र यसका लागि नयाँ पहल प्रधानमन्त्री जोनसनले अघि बढाउनुभएको हो ।    
    
बेलायती प्रधानमन्त्री जोनसोनले सम्झौतालाई अगाडि बढाउन आफ्नो संसदले साथ दिने विश्वास व्यक्त गर्नुभयो । सांसदहरुको आलोचनाकाबीच उहाँले सम्झौता गर्न लाग्नुभएको हो । यो सम्झौतालाई बेलायतको संसदले पनि पारित गर्नुपर्दछ ।    
    
सहमतिबारे प्रधानमन्त्री जोनसनले भन्नुभयो,“यो सम्झौताले मुलुकलाई सही बाटोमा लैजानेछ, देश र जनताको हितमा हुनेछ ।”    
    
उहाँले आफ्नो पार्टी र सत्ता साझेदार पार्टीहरूलाई पनि सम्झौताको पक्षमा उभिन आग्रह गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?