logo
२०८१ बैशाख १५ शनिवार



पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको मृत्यु  

अन्तर्राष्ट्रिय |


पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको मृत्यु  



पेरिस, असोज १६ गते ।  फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ ।    
    
प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै मृत्यु भएको छ ।    
    
पछिल्ला बर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन् । बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेका प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ ।    
    
यसबारे अनुसन्धान भइरहेको थप विवरण पछि आउने प्रशासनले बताएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?