logo
२०८१ जेष्ठ २ बुधवार



पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

स्वास्थ्य |


पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक


काठमाडौं, फागुन ५ गते। सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताउनुभयो।

अघिल्ला योजना जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि बनेको उहाँले बताउनुभयो। कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताउनुभयो।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने देखिएको छ। नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने,यौनकर्मी र पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू रहेका छन्। वैदशिक रोजगारीमा गएका र जेलमा रहेका कैदी एचआईभीको जोखिममा रहेको केन्द्रको तथ्यांकले देखाएको छ।

नेपालमा बर्सेनी दुई हजारभन्दा बढी नयाँ एचआइभी संक्रमित थपिइरहेका छन्। आर्थिक वर्ष २०७७ र ०७८ मा दुई लाख ४२ हजार ६८९ जनाको एचआईभी परीक्षण गराउँदा दुई हजार ५७९ मा संक्रमण देखिएको छ। यस्तै २०७६र०७७ मा नयाँ संक्रमित दुई हजार ४१६, २०७५–०७६ मा दुई हजार २९८, २०७४–०७५ मा दुई हजार १३, २०७३–०७४ दुई हजार १११ र २०७२–०७३ तीन हजार ६७१ नयाँ संक्रमित फेला परेका थिए।
थपिएकामध्ये धेरैजसो बागमती प्रदेशका नै रहने गरेको पाइएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार आव २०७७–०७८ को तथ्याङ्कमा बागमतीमा अन्य प्रदेशभन्दा एचआइभी संक्रमित बढी छन्। केन्द्रका तथ्याङ्क अधिकृत वीरबहादुर रावलले सो वर्ष बागमतीमा एक हजार २११ नयाँ संक्रमित फेला परेको जानकारी दिनुभयो।

सोही आवमा प्रदेश १ मा २२२, मधेशमा ५६५, गण्डकीमा २२२, लुम्बिनीमा ५११, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा २२४ नयाँ संक्रमित फेला परेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?