logo
२०८१ बैशाख १५ शनिवार

  ११ हजार ६ सय बढीको मृत्यु  



डेल्टालाई प्रतिस्थापन गर्दै ओमिक्रोन : मृत्यु शून्य

स्वास्थ्य |
मुख्य समाचार |


डेल्टालाई प्रतिस्थापन गर्दै ओमिक्रोन : मृत्यु शून्य
फाइल तस्बिर


काठमाडौँ, माघ ९ गते । दैनिक कोरोना संक्रमणले रेकर्ड तोड्दै आएको छ । संक्रमितदर बढे पनि मृत्युदर भने स्थिर छ । शनिबार २४ घण्टामा १६ जनाको मृत्य भएसँगै धेरैले कतै ओमिक्रोनले मुत्यु बढाएको अनुमान गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ओमिक्रोनले अहिलेसम्म कुनै पनि संक्रमितको नेपालमा मृत्यु नभएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढे पनि ओमिक्रोनबाट नेपालमा कसैको पनि मृत्यु भएको छैन ।

उहाँका अनुसार पछिल्लो समयमा मृत्युहुनेमा ५० देखि ८० वर्ष सम्मका खोप नलगाएका, जटिल स्वास्थ्य समस्या भएका र दीर्घ रोगी रहेका छन् । ‘मृत्युहुने मध्ये अधिकाशं ५० देखि ८० वर्ष उमेरका हुनुहुन्छ’, अधिकारीले भन्नुभयो, ‘मृतक धेरैजना दीर्घरोगी देखिनु भएको छ ।’

९ दिनमा ४३ जनाको मृत्यु हुँदा, कुन उमेरका कति ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार माघ १ गतेदेखि माघ नौ गतेसम्म ४२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यक मध्ये माघ १ गते ५० देखि ६९ वर्षका २ जना, ७० देखि ७९ उमेरको १ जना, ८० वर्षमाथिका १ गरेर चार जनाको मृत्यु भएको छ ।

त्यस्तै माघ २ गते ३० देखि ३९ वर्षका एक जना, ४० देखि ४९ उमेर समूहका एक जना र ५० देखि ५९ उमेर समूहका १ गरेर ३ जनाको मृत्यु भएको छ । माघ ३ गते ५० देखि ५९ उमेर समूहका १ जना, ७० देखि ७९ उमेर समूहका एक जना, ८० वर्षमाथिका एक गरेर तीन जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । माघ ४ गते ६० देखि ६९ उमेर समूहका एक जनाको मृत्यु भएको छ। माघ ५ गते ४० देखि ८० वर्ष उमेर समूहका चार जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

माघ ६ गते ५० देखि ५९ उमेरका ३ जना र ८० एक जना गरेर चार जनाको मृत्यु भएको छ । माघ ७ गते ५० देखि ५९ उमेरका एक जना, ६० देखि ६० एक र ८० वर्ष माथिका एक गरेर ३ जनाको मृत्यु भएको छ। त्यस्तै शनिबार २० देखि ८० वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको छ। आइतबार ५० देखि ८० वर्ष उमेर समूहका ४ जना संक्रमितको मुत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

डेल्टालाई प्रतिस्थापन गर्दै ओमिक्रोन
नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको डा. अधिकारीले बताउनुभयो । यो नतिजा हेर्दा नेपालमा पनि अन्य मुलुकमा जस्तै ओमिक्रोन भेरियन्टले डेल्टालाई प्रतिस्थापन गरेको मन्त्रालयका सहव्रवक्ता अधिकारीको भनाइ छ ।

यो भेरिएन्टले नेपालमा अहिलेसमम कुनै पनि संक्रमितको मृत्यु नभए पनि यो भेरिएन्टको डबल रुपमा म्युटेशन हुने भएकाले दीर्घ रोगी, जटिल स्वास्थ्य समस्या भएकामा संक्रमण पुष्टि भयो भने निकै घातक हुने अधिकारीले बताउनुभयो ।
‘यो भेरिएन्टले पुष्टि भएका संक्रमणले त्यत्ति जटिल स्वास्थ्य समस्या नदेखिए पनि खोप नलगाएका, जटिल स्वास्थ्य समस्या भएका दीर्घा रोगीलाई निकै घातक देखिएको छ’, उहाँले भन्नुभयो ।

ओमिक्रोनको संक्रमण भित्रभित्रै हरेक घर घरमा पुगिसकेको तर अहिलेसम्म कसैको पनि ओमिक्रोनेबाट मुत्यु भएको तथ्यांक नआएको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउनुहुन्छ । डा पुनका अनुसार अहिले भैरहेको मृत्यु ओमिक्रोनलेनै भएको हो भन्ने पुष्टि भइसकेको छैन ।

११ हजार ६ सय बढीको मृत्यु, कुन उमेर र समूहका कति ?
नेपालमा हालसम्म ११ हजार ६५५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। सबै भन्दा बढी ६० वर्षदेखि ६९ वर्ष उमेर समूहका संक्रमितको नेपालमा मृत्यु भएको छ। सो उमेर समूहका २ हजार ४३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ० देखि ९ वर्ष उमेर समूहका ४९, १० देखि १९ वर्ष उमेर समूहका ५७, २० देखि २९ उमेर समूहका ३६३, ३० देखि ३९ उमेर समूहका ९४७, ४० देखि ४९ उमेर समूहका १६ सय ४०, ५० देखि ५९ उमेर समूहका २२ सय ६०, ६० देखि ६९ उमेर समूहका २४ सय ३९, ७० देखि ७९ उमेर समूहका २३ सय ९, ८० वर्ष माथिका १५ सय ७८, उमेर नखुलेका १३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

२४ घण्टामा एन्जिेन र आरटी सीसीआर विधिबाट ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै पीसीआर विधिबाट ९ लाख १० हजार ३९४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै एन्टिजेन विधिबाट एक लाख १२ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २४ घण्टामा १४ सय १६ जान संक्रमणमुक्त भएसँगै नेपालमा अहिलेसम्म ८ लाख २१ हजार ६९९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?