logo
२०८१ बैशाख १५ शनिवार



देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी

स्वास्थ्य |


देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी


काठमाडौं, पुस ३० गते । नेपालमा सक्रिय सङ्क्रमित आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आठ हजार ३९६ जना सक्रिय सङ्क्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार ८४२,ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ जना रहेका छन् ।मन्त्रालयको तथ्याङ्क हेर्दा ५८.५४ प्रतिशत सक्रिय सङ्क्रमित काठमाडौँ उपत्यकामा छन् ।

कुन जिल्लामा कति ?

त्यस्तै इलाम १६, उदयपुरमा १९, ओखलढुंगा ११, खोटाङ २३, झापा १७४, तेह्रथुम ५, धनकुटा ९, पाँचथर १६, भोजपुर १७, मोरङ ५४७, संखुवासभा १६, सुनसरी ३७३ सोलुखुम्बुमा ११ गरी प्रदेश एकमा १२ सय ४७ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै प्रदेश २ मा धनुषा १७५, पर्सा ११२,बारा १०३, महोत्तरी ७३, रौतहट २४, सप्तरी ६९, सर्लाही ८४, सिराहा १०० गरी ७४० जना रहेका छन् ।

बाग्गती प्रदेशमा काठमाडौँमा ५८४२, काभे्र १३२, चितवन ३४६। दोलखा ३४, धादिङ ५२, नुवाकोट ४४, भक्तपुर ९६३, मकवानपुर २३६, रसुवा ६, रमेछाप २२, ललितपुर १५९१, सिन्धुपाल्चोक ५४, सिन्धुली २७ गरी ९ हजार ३४९ जना संक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा कास्कीमा ६००, गोरख ७१, तनहुँमा ३८, नवलपरासी पुर्वमा १६७, पर्वत ४६, मनाङ १, मुस्ताङ १, म्याग्दी १९, लमजुङ ४६, बाग्लुङ ६९, स्याङजा ९० गरी ११४८ जना संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा खर्घाखाँचीमा ४३, कपिलवस्तु २३, गुल्मी ४३, दाङ १४४, नवलपरासी २३ , पाल्पा ४५, प्युठान १९, बर्दिया ७३ बाँके २७८, रुकुम पूर्व २१ , रुपन्देही २८२, रोल्पा ३७ जना गरी १०३१ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा कालिकोट ६, जाजरकोट ७, जुम्ला १६, डोल्पा ५, दैलेख १८, मुगु शून्य रुकुम पश्चिम ६, सल्यान १५, सुर्खेत १०३, हुम्ला १ गरी जम्मा १७७ जना संक्रिय संक्रमित रहेका छन् । सूदूरपश्चिममा अछाम ११, कन्चनपुर १३५, कैलाली ३८४, डडेल्धुरा २२, डोटी १५, दार्चुला १३, बझाङ २२, बाजुरा ५, बैतडी ४१ गरी ६४८ जना संक्रिय संक्रमित रहेका छन् ।

पाँच जिल्लामा पाँचसय बढी सङ्क्रमित
मन्त्रालयका अनुसार हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, भक्तपुर ललितपुर, कास्की र मोरङ छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगुमा शून्य सक्रिय सङ्क्रमित छ ।
नेपालमा आरटी पीसीआर परीक्षणबाट २४ घण्टामा २ हजार ९२२ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौँमा १४४९, भक्तपुरमा १५०, ललितपुरमा ३१७ जनामा मा कोरोना पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या आठ लाख ४१ हजार २९७ पुगेको छ । त्यसमध्ये आठ लाख १५ हजार ३४७ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । नेपालमा सङ्क्रमण दर ९६.९ प्रतिशत  छ । त्यस्तै कोरोना ११ हजार ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर १.४ छ ।

सरकारले नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ७१ लख ५५ हजार ६२८ मात्रा खोप लगाएको छ । जसमा कुल जनसङ्ख्याको ५०.९ प्रतिशले एक मात्रा, ३८.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।त्यस्तै लक्षित जनसङ्ख्याको ७७.६ प्रतिशतले एक मात्रा र ५८.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?