logo
२०८१ जेष्ठ २ बुधवार



खोप कार्ड देखाएर नेपाल र भारत आवतजावत गर्न पाइने

स्वास्थ्य |
मुख्य समाचार |


खोप कार्ड देखाएर नेपाल  र भारत आवतजावत गर्न पाइने


काठमाडौँ, मङ्सिर ७ गते । नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेको छ ।

मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकालाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा. पोखरेलले बताउनुभयो । ‘यो सम्झौताले भारत जाने र भारतबाट नेपाल प्रवेश गर्नेलाई सहज हुनेभएको छ’, सचिव पोखरेलले भन्नुभयो, ‘खोपलाई दुवै देशले मान्यता दिने भएपछि हामी यो समझदारीमा पुगेका हौँ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमपछि नेपाल र भारतबीच आवतजावतमा समस्या हुँदै आएको थियो । हामारीपछिको समस्या समाधानका लागि सम्झौता गरिएको डा. पोखरेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?