logo
२०८१ जेष्ठ २ बुधवार



माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

स्वास्थ्य |


माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै


 
काठमाडौं, कात्तिक १४ गते । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ ।
 
कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।
 
यसअघि दिउँसो एक बजे खोप आउने कार्यतालिका रहेको थियो । आज आउने खोप प्राथमिकताका आधारमा दिइने उहाँले बताउनुभयो ।
यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आइसकेको छ ।
 
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?