logo
२०८१ बैशाख २३ आईतवार



५० शैय्याको अस्पताल शिलान्यास

स्वास्थ्य |
प्रदेश |


५० शैय्याको अस्पताल शिलान्यास


कमल शर्मा
दैलेख, असोज २१ गते । दैलेखमा ५० शैय्याको अस्पताल शिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले बिहिवार सो भवनको शिलन्यास गर्नुभएको हो ।

भवनको शिलन्यास गर्दै सामाजिक विकास मन्त्री बिसीले निर्माण अवधीभित्र सम्पन्न र गुणस्तरीय भवन निर्माण गर्न सम्बन्धित निर्माण कम्पनी र स्वास्थ्य सेवा कार्यालयलाई आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशमा स्वास्थ्य पूर्बधार अभावबीच पनि नागरिकको उपचार गरिएको भएपनि प्रदेश सरकार आएदेखि स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन आएको बताउनुभयो । कर्णालीमा चिकित्सकका दरबन्दी अभावकाकारण कतिपय जिल्लामा बिशेषज्ञ चिकित्सक अभाव रहेको बताए पछि आफुले त्यसका लागि सहजीकरण गरिरहेको बताउनुभयो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले भवन नहुँदा उपचार गर्न कठिन भएको अवस्थामा भवन निर्माण हुने भएपछि आफुहरु खुसी भएको बताउनुभयो । अहिले पनि स्वास्थ्य सेवा कार्यालयले नागरिकलाई सेवा दिइरहेको बताउनुहुँदै तत्काल बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

शिलन्यास कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का लगायतले अस्पतालको पूर्बाधार विकास र जनशक्तिको ब्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । सघीय सरकारले कुल ३७ करोड रुपियाँ लागतमा टेन्डर आह्वान गरेपनि प्रेरणा क्याराभान सुपरस्टार जेभीले २२ करोडमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?