logo
२०८१ बैशाख १४ शुक्रवार



दैलेखमा मौसमी फ्ल्युका बिरामी बढे

स्वास्थ्य |
प्रदेश |


दैलेखमा मौसमी फ्ल्युका बिरामी बढे


दैलेख समाचारदाता
दैलेख, असोज ३ गते । दैलेखमा मौसमी फ््लुका बिरामी दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा मौसमी फ्लु देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त व्यबस्थापक थीरप्रसाद रेग्मीले जिल्लामा मौसमी फ्लुका बिरामीको संख्या बढ्दै गएको बताउनुभयो ।

रुघाखोकी, ज्वरो भएका बिरामीहरु जिल्ला स्वास्थ्य सेवा कार्यालयमा भर्ना भएसँगै मौसमी फ््लुका बिरामी जिल्लाभर रहेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य सेवा कार्यालयमा इमरजेन्सीमा दैनिक ३० देखि  ४० जना बिरामी आएका छन ।”

जिल्ला स्वास्थ्य सेवा कार्यालयका चिकित्सक जीवन ज्ञवालीले सबै नागरिकलाई मौसमी फ्लु देखिए पनि त्यसको बढी असर बालबालिकामा परेको बताउनुभयो । उहाँले दैनिक अस्पताल स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको संख्याका कारण अस्पतालमा राख्न नसकिने अवस्था आउने चिन्ता ब्यक्त गर्नुभयो । डा. ज्ञावलीले बालबालिकामा रुघाखोकी, ज्वारो परीक्षण गर्दा समेत कोरोना नदेखिए पछि मौसमी फ्लु भएको बताउनुभयो ।

बालबालिकालाई रुघाखोकी ज्वरो, देखिएकाकारण गाउँमै औषधी पसलबाट औषधी सेवन गराएका कारण बालबालिकामा निमोनिया भएको बताउँदै स्थानीय मेडिकलबाट जथाभावी औषधी प्रयोग नगर्न सुझाव समेत दिनुभयो ।

निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले भाइरल प्रकोप बढ्दै गएकाले अभिभावकहरुले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्नुभयो । एक बालबालिका वा मानिसलाई रुघाखोकी ज्वरो देखिएमा सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?