logo
२०८१ बैशाख १५ शनिवार



काठमाडौं उपत्यकामा ५६४ संक्रमण पुष्टि, नाै हजार ४८ सक्रिय संक्रमित

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ५६४ संक्रमण पुष्टि, नाै हजार ४८ सक्रिय संक्रमित


काठमाडाैं, भदाै १५ गते । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण पुष्टि भएकाे छ। काठमाडौंमा ४१३, ललितपुरमा ८७ र भक्तपुरमा ६४ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।

यस्तै, काठमाडौं उपत्यकामा ९०४८ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा पाँच हजार ४९१, ललितपुरमा दुई हजार १९६ र भक्तपुरमा एक हजार ३५१ सक्रिय संक्रमित छन्।

काठमाडाैं दुई हजार ९०, ललितपुरमा ६४१ र भक्तपुरमा ४१६ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ । यसरी अहिलेसम्म काठमाडाैं उपत्यकामा संक्रमणका कारण तीन हजार १४७ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?