logo
२०८१ बैशाख १४ शुक्रवार



एक हजार ५२३ सङ्क्रमित, एक हजार ७८६ कोरोनामुक्त, २० जनाको मृत्यु

स्वास्थ्य |


एक हजार ५२३ सङ्क्रमित,  एक हजार ७८६ कोरोनामुक्त, २० जनाको मृत्यु


काठमाडौं, भदौ १५ गते । पछिल्लो २४ घण्टामा एक हजार ५२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६२ हजार ६४७ पुगेको छ । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।  

पछिल्लो २४ घण्टामा एक हजार ७८६ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १६ हजार ३०६ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७५० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।

नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

यस्तै, ३५ हजार ५९१ जना सक्रिय सङ्क्रमित छन् । ६३७ जना सघन उपचारकक्ष (आइसीयू), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेशन, दुई हजार ३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?