logo
२०८१ बैशाख १४ शुक्रवार



एक हजार ९१८ जनामा सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

स्वास्थ्य |


एक हजार ९१८ जनामा सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७१५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६३७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?