logo
२०८१ बैशाख १४ शुक्रवार



उपत्यकामा ७६४ सङ्क्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा ७६४ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । काठमाडौं उपत्यकामा कोरोनाका ७६४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७६४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । काठमाडौंमा हाल दश हजार ५२७, ललितपुरमा चार हजार १७३ र भक्तपुरमा तीन हजार ९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक हजार ७४३, ललितपुरमा ५०३ र भक्तपुरमा ३४९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
मन्त्रालयले काठमाडौंमा हालसम्म एक लाख ९७ हजार ८३, ललितपुरमा ३५ हजार ६४८ र भक्तपुरमा २१ ह्जार २८१ जना सङ्क्रमित भएको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?