logo
२०८१ बैशाख १५ शनिवार



बागलुङमा एकै दिन १५७ जनाले जिते कोरोना

स्वास्थ्य |
समाज |


बागलुङमा एकै दिन १५७ जनाले जिते कोरोना



नवीन शिशिर विक
बागलुङ, जेठ २६ गते । बागलुङका १५७ जना कोरोना संक्रमित एकै पटक डिस्चार्ज भएका छन् । अस्पताल र होमआईसोलसनमा बसेका संक्रमित निको भएका हुन् ।
संक्रमित भए पनि जटिल समस्या नभएका बिरामीलाई घरमा एकान्तबास बसेको दश दिन र जटिल प्रकृतिका बिरामीलाई उपचार गरी घर पठाएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरले जानकारी दिनुभयो ।
जिल्लामा हाल ६८७ जना कोरानाका सक्रिया बिरामी छन् । संक्रमित मध्ये ५६ जना धौलागिरि अस्प्तालसहित स्थानीय तहको कोभिड अस्थायी अस्पताल र आइसोलेसनमा उपचार छन् ।
धौलागिरि अस्पतालमा १३, ताराखोला गाउँपालिका अस्थायी कोभिड अस्पतालमा ९, गलकोट अस्थायी कोरोना अस्पतालमा ४, बरेङ अस्थायी कोभिड अस्पतालमा १९, निसीखोालामा ४, ढोरपाटन अस्थायी अस्पतालमा ३ र बागलुङ नगरपालिकाको रात्माटा स्थित आइसोलेसनमा ७, प्रभावि मावि निसीखोलामा ८ जना र बडिगाडको त्रिभुवन माविमा २ जना बिरामी उपचाररत छन् । कुल ६१८ जना संक्रमित घरमै बसेका छन् ।
घरमा रहेका संक्रमितलाई जनप्रतिनिधि, स्थानीय तहका स्वास्थ्यकर्मी र आवश्यकताको आधारमा धौलागिरि अस्पतालका विशेषज्ञा डाक्टरले समेत नियमित फोनफ्लोअप गर्ने स्रोत व्यक्ति घिमिरेको भनाई छ । पछिल्ला साता स्थानीय तहका जनप्रतिनिधिले औषधी र स्वास्थ्यकर्मीसहितको टोली लिएर संक्रमितको घरघरमा पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझनुका साथै हौसला प्रदान गर्न थालेका छन् ।
हालसम्म जिल्लामा चार हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये तीन हजार ५६७ जना निको भएका छन । कुल १६ हजार ६९२ जनोको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य कार्याल्यका अनुसार तीन हजार ९३९ जनाको पिसिआर र आरडिटी तथा एक हजार ३६८ जनाको एन्टिजिनमार्फत कोरोना परीक्षण गरिएको थियो ।
बैशाख यता तीन हप्ताको अवधिमा तीन हजार २५१ नयाँ संक्रमित थपिएका छन् । वि.स २०७६ चैत्रदेखि २०७७ चैत्रसम्म एक वर्षको अवधिमा जम्मा एक हजार ५० जना संक्रमित थिए । यो अवधिमा कुल ४७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?