logo
२०८१ बैशाख १४ शुक्रवार



चार हजार १०१ परीक्षणमा ६६ सङ्क्रमित, ५८ सङ्क्रमित निको भए

स्वास्थ्य |


चार हजार १०१ परीक्षणमा ६६ सङ्क्रमित, ५८ सङ्क्रमित निको भए


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । नेपालमा कोरोना भाइरसका ६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार १०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको जनाउनुभयाे ।

पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८८६ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५३ जना क्वारेन्टिनमा छन् । पछिल्ला केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?