logo
२०८१ जेष्ठ १४ सोमवार



दश श्ययाको नगर अस्पताल सञ्चालन  

स्वास्थ्य |
प्रदेश |


दश श्ययाको नगर अस्पताल सञ्चालन  
सांकेतिक तस्बीर


पर्वत, फागुन ५ गते । फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।    
    
वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलो पटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो ।    
    
 अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहेका छन् । अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले रु १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो ।    
    
 नगर अस्पतालको नगरप्रमुख पदमपाणि शर्माले उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । नगरप्रमुख शर्माले अस्पताल उद्घाटनसँगै नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वस्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?