logo
२०८१ बैशाख २० बिहीवार



नयाँ एक हजार ३५६ जना सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्याे

स्वास्थ्य |


नयाँ एक हजार ३५६ जना सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्याे


गोरखापत्र अनलाइन
काठमाडौं, असोज  ६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् ।

देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख ३४ हजार ९७७ वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४८ हजार ०६१ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेकाे छ ।

हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय  छ । आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार १७१ जना छन् ।

देशभर संक्रमित भएर आइसीयूमा रहेर २२३ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३७ जना पुगेकाे छ ।

दुई जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा दुई जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४२९ पुगेकाे छ । 

साथै, पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?