logo
२०८१ बैशाख १५ शनिवार



काठमाडौं उपत्यकामा ६७४ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ६७४ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ५ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ५३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष, ललितपुरमा ३१महिला र ३१ पुरुष तथा भक्तपुरमा ३० महिला र ४४ पुरुष जना सङ्क्रमित थपिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?