logo
२०८१ बैशाख १५ शनिवार



‘ग्रामीण भारतको तीनमध्ये प्रत्येक दुई 'चिकित्सक'मा औपचारिक मेडिकल डिग्री छैन्’

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


‘ग्रामीण भारतको तीनमध्ये प्रत्येक दुई 'चिकित्सक'मा औपचारिक मेडिकल डिग्री छैन्’
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । ग्रामीण भारतको प्रत्येक तीनजना चिकित्सकमध्ये दुईजनासँग आधुनिक चिकित्सा प्रणालीमा औषधी विज्ञानको शैक्षिक योग्यता नरहेको खुलेको छ । भारतमा सार्वजनिक तथा नीजि स्वास्थ्य सेवा प्रदायकको उपलब्धता, गुणको बारेमा गरिएको बिस्तृत अध्ययन सर्वेक्षणले यस प्रकारको तथ्य खुलेको हो ।
हिन्दूस्तान टाइम्सका अनुसार प्रतिवेदन बमोजिम ७५ प्रतिशत गाउँमा कम्तिमा एक स्वास्थ्य हेरचाह प्रदायक संस्था र तीन प्राथमिक स्वास्थ्य सेवा प्रदायक रहेका छन् । ८६ प्रतिशत नीजि “चिकित्सक” छन् । ६८ प्रतिशतमा औपचारिक मेडिकल प्रशिक्षण छैन् । सन् २००९ मा भारतको १९ राज्यको एक हजार ५१९ गाउँमा सर्वेक्षण गरिएको छ । उक्त सर्वेक्षणको अंश ‘सोसल साइन्स एण्ड मेडिकल जर्नल’मा प्रकाशित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा प्रकाशन गरेको अध्ययन प्रतिवेदन‘द हेल्थ वर्कफोर्स इन इन्डिया’सँग मिल्दोजुल्दो छ । जसमा ‘अलोपैथिक’ अभ्यास गरिरहेका ५७.३ प्रतिशतमा औषधी विज्ञानको शैक्षिक प्रमाण पत्र नरहेको उल्लेख गरिएको छ । ३१.४ प्रतिशत अभ्यासकत्र्तामा माध्यमिक शिक्षासम्म मात्रै अध्ययन गरेका छन् ।
बिस्तृत सर्वेक्षण बमोजिम अनौपचारिक सेवा प्रदायक स्वास्थ्य अभ्यासकत्र्ताको अंश ग्रामीण भारतको कुल सेवाप्रदायकको ६८ प्रतिशत हो । २४ प्रतिशत आयुष चिकित्सक छन् । जसले परम्परागत् र वैकल्पिक औषधी प्रणाली प्रयोग गर्छन् । ८ प्रतिशतमा मात्रै एमबीबीएसको डिग्री छ ।
सर्वेक्षणका कार्यकारी प्रमुख यमिनि ऐयरले सर्वेक्षणले ग्रामीण भारतमा स्वास्थ्य हेरचाहको यथार्थ अवस्थाको चित्रण गरेको बताउनुहुन्छ । सर्वेक्षणमा सञ्चालन, प्रशिक्षण र क्षमता गरेर तीन विधामा सुझाबहरु दिइएको छ ।
उहाँका अनुसार सन् २००९ को अपेक्षा अहिलेको अवस्थामा खासै भिन्नता छैन् । गुणात्मक स्वास्थ्य हेरचाह र सेवासँगै स्वास्थ्य खर्चको मामिलामा भारत दुई राष्ट्रमा विभाजित रहेको उहाँको दाबी छ । उत्तम सेवा प्रदान गर्ने राज्यमा थोरै खर्चमा राम्रो सेवा दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?