logo
२०८१ बैशाख १५ शनिवार



भारतमा पहिलो पटक कोरोनाका सक्रिय सङ्क्रमितभन्दा निको हुने बढी

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतमा पहिलो पटक कोरोनाका सक्रिय सङ्क्रमितभन्दा निको हुने बढी
तस्विर-आउटलुक इन्डिया


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २८ गते । भारतमा पहिलो पटक कोरोनाभाइरसका सक्रिय सङ्क्रमितभन्दा बढी निको हुनेको सङ्ख्या बढेको छ । भारतमा बुधबारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७६ हजार छन् ।
लगातार आठौँ दिन नौ हजार भन्दा बढी सङ्क्रमित फेला पर्दा भारतमा बुधबार नै सक्रिय सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो चौबिस घण्टामा नौ हजार ९८५ जना नयाँ बिरामी थपिएका छन् । हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार एक लाख ३५ हजार सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । भाइरसको सङ्क्रमण सक्रिय रहेको एक लाख ३३ हजार बिरामी उपचाररत छन् ।
कोरोना सङ्क्रमणबाट भारतमा सात हजार ७४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो चौबिस घण्टामा मात्रै २७९ जनाको मृत्यु दर्ता गरिएको छ । संयुक्त राज्य अमेरिका, ब्राजिल, रुस र बेलायतपछि भारत पाँचौँ सबैभन्दा प्रभावित राष्ट्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?