logo
२०८१ बैशाख १४ शुक्रवार



सल्यानमा सात सय ६७ फर्किए

खुला |


सल्यानमा सात सय ६७ फर्किए


सल्यान समाचारदाता
सल्यान, चैत २२ गते । यहाँ भारतलगायत अन्य मुलुकवाट ७६७जना घर फर्किएको पाइएको छ । कोरोना भाईरसको सक्रमण वाट वच्न यहाँका स्थानीय तहले संकलन गरेको तथ्याकमा जिल्ला भ र चैत १ गते यता ७ सय ६७ जना वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ब्यक्तिहरु घर फकिएको जिला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

घर फकिएमा मध्ये धेरै छिमेकिमुलुक भारतका रहेका छ । भारतवाट घर फर्कनेमा ७ सय २० जना रहेको प्रमुख जिल्ल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । उहाका अनुसार भारतवाट घर र्फकनेमा वनगाड कुपिण्डे नगरपालिमा १सय ६८ जना, दार्मागाउँपालिका का १सय ३९, छत्रेश्वरी गाउँपालिकाका २५, वागचौर नगरपालिका का ९६ जना, शिद्धकुमाख गाउँपालिकाका ३७, कुमाखका ९८, कालिमाटीका ३२,त्रिवेणी गाउँपालिका ११ जना, शारदा नगरपालिका ९६ रहेका छन् ।

यस्तै मलेसिया वाट १८ जना घर फर्किएका छन् । जसमध्ये दार्मामा ३, वागचौर नगरपालिका २, कुमाखगाउँपालिका ३, त्रिवेणी गाउपालिका १ जना ,कपुरकोटमा २, वनगाड कुपिण्डे नगरपालिकामा १ जना रहेका छन् ।

कतार १३, साउदी ९ जना ,कुवेत वाट २ , दुवई वाट ५ विदेशवाट फर्किएका ब्यक्तिहरु होम क्वारेन्टाईनमा वसको यहाँका स्थानीय तहले जनाएका छन् ।
कतारवाट १३ जना आएका मध्ये दार्मा २,कुमाख,२,वागचौर ५,कपुरकोट २ र वनगाड कुपिण्डेमा २ जना रहेका छन् ।

साउदीवाट ९ जना आएका मध्ये दार्माका १ जना, शारदा नगरपालिका ३,कपुरकोट ५ जना रहेका छन् । वागचौर नगरपािलकामा २ कुवेतवाट फर्किएका छन् । दुवै रोजगारीमा गएका शिद्धकुमाख गाउँपालिका १, शारदा नगरपालिकाका १ र त्रिवेणीका २ फर्किएको िजल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

यहाँका केही स्थानीय तहवाहेक अधिकासं स्थानीय तहले होम क्वारेन्टाईनमा भारत लगायत अन्यमुलकवाट आएकालाई राखिएको जनाएका छन् ।दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले सवै भन्दा सजिलो र प्रभावकारी उपाय घरमै वसेर कोरोना भाईरस वाट वच्न सकिने भएकाले घरमै वस्न वरपर हिड्डुल गर्न रोकेको वताउनुुभयो ।

छत्रेवरी गाउँपालिका ४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष केसीले क्वारेन्टाईनमा राखिएका २ जना भारत र २ जिल्ला वाहिर वाट आएका वताउनुभयो । उहाका अनुसार उनिहरुको अवस्था सामान्य भएपनि १४ दिन सम्म क्वारेन्टाईनमा राखिने छ । कालिमाटी गाउँपालिका अध्यक्ष दानवहादुर केसीका अनुसार भारतवाट फर्किएका मध्ये १४जनालाई क्वारेन्टाईमा राखिएको छ ।


सल्यानमा २ सय ३५ क्वारेन्टाईन र २० आईशोलेशन
यहाँ २सय ३५ क्वारेनटाईन र २० आइशोलेशन निर्माण गरिएको छ । २सय ३५ क्वारेनटाई मध्ये छत्रेश्वरी गाउँपालिकामा ४३, त्रिवेणी गाउँपालिकामा ३०, शारदा नगरपालिकामा २०, कालिमाटी गाउँपालिकामा ८५, शिद्धकुमाख गाउँपालिकामा २५ र वनगाड कुपिण्डे नगरपालिकामा २५ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो । उहाका अनुसार जिल्ला अस्पताल सल्यानमा २० वटा आइशोलेशन निर्माण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?