logo
२०८१ बैशाख १४ शुक्रवार



कोभिड १९ बारे नेपाल र चीनका चिकित्सकबीच छलफल

स्वास्थ्य |


कोभिड १९ बारे नेपाल र चीनका चिकित्सकबीच छलफल


गोरखापत्र अनलाइन
काठमाडौं चैत १६ गते । चीनमा कोभिड १९ ले पारेको प्रभाव र त्यसको उपचार पद्धतिबारे चीन र नेपालका चिकित्सकबीच भिडियो मार्फत छलफल आयोजना गरियो ।
नेपाल–चीन कोभिड १९ महामारी रोकथाम र नियन्त्रण अनलाइन सञ्चार तथा अदानप्रदान सम्मेलन नाम दिइएको सो छलफलमा चिनियाँ चिकित्सकहरूले यसबाट बच्न विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।
सो छलफलमा चीनमा कोभिड १९ का विरामीको उपचारका क्रममा प्रयोग गरिएका औषधि, यसको रोगथामका लागि अपनाउनु पर्ने उपाय तथा चिकित्साकर्मीलाई कसरी यसबाट सुरक्षित राख्ने लगायका विषय समेटिएको थियो ।
रेन्बो भोलेन्टियर क्लब, पिसल्यान्ड फाउन्डेसन, अरनिको सोसाइटी र गान्सु रेन्बो पब्लिक वेलफेयर सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको छलफलमा चिनियाँ चिकित्सहरूले उपचारमा संलग्न हुने स्वास्थ्य कर्मीले रोगप्रतिरोधि क्षमता बढाउने खालको औषधिको प्रयोग गर्न तथा व्यक्तिगत सफाइमा ध्यान दिन सल्लाह दिनुभएको थियो ।
छलफलमा सांघाईको मिनहाङ डिस्ट्रिक्टस्थित टेडिसनल चाइनिज मेडिसिन हस्पिटलको इमरजेन्सी वार्डका फिजिसियन डा. लिउ झाउलुले कोरोनाका बिरामीमा दोस्रो पटक संक्रमण हुन सम्भावना कम रहेको बताउनुभयो । एक पटक संक्रमण भए पछि विरामीको शरीरले प्रतिरोधि क्षमता बढाउने भएकोले यस्तो संभावना कम रहेको बताउनुभयो । उहाँले निको भए पछि पनि विरामीले १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने र नियमित रुपमा चिकित्सककोमा फलोअपका लागि जानु पर्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?