logo
२०८१ बैशाख १५ शनिवार



पीपीई बनाउन कसैलाई स्वीकृति दिएकाे छैन : मेडिकल काउन्सिल

स्वास्थ्य |


पीपीई बनाउन कसैलाई स्वीकृति दिएकाे छैन : मेडिकल काउन्सिल


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १५ गते । नेपाल मेडिकल काउन्सिलले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बनाउन कसैलाई स्वीकृति नदिएको स्पष्ट गरेको छ । पीपीई बनाउन अनुमति दिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै कान्सिलले शुक्रबार विज्ञप्ति जारी गरी सो बारे स्पष्ट पारेको हो ।

काउन्सिलको विज्ञप्तिमा भनिएको छ, “यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र पर्दैन । कुनै पनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान गरिएको छैन ।” काउन्सिलले औषधि, उपचार उपकरण, उपचार सामाग्री लगायतका विषय संवेदनशील रहेको समेत स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय श्रोतसाधन उपयोग गरी बनाईएका त्यस्ता सामाग्रीहरु र तिनको उपयोग सह्रानीय भएता पनि उत्पादित बस्तुको गुणस्तर हेर्न तोकिएको निकायले यसको टुंगो लगाउनुपर्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?