logo
२०८१ बैशाख १४ शुक्रवार



चीनमा कोरोना भाइरसले नयाँ थपिने संक्रमितको संख्यामा कमी

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


चीनमा कोरोना भाइरसले नयाँ थपिने संक्रमितको संख्यामा कमी


एजेन्सी
काठमाडौं, फागुन ८ गते । चीनको हुवेइ प्रान्तमा कोरोना भाइरस संक्रमित नयाँ बिरामीको संख्या घट्दै गएको छ । पछिल्लो साता दैनिक रुपमा करिक एक जहार नयाँ संक्रमित थपिदै आएकोमा बिहिबार मात्र ३४९ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार एक हजार ७४९ जना नयाँ संक्रमित थपिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हुवेइ प्रान्तमा संक्रमणको पुष्टि भएका बिरामीको संख्या ६२ हजार रहेको छ । आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने चिनियाँ अधिकारीहरुले कोरोना भाइरसबाट मुक्त भएकाहरुको संख्या पनि उल्लेख्य वृद्धि भएको जनाएका छन् । जस अनुसार अस्पतालबाट करिब दश हजार बिरामी निको भएर डिस्चार्ज भएका हुन् ।
सीएनएनका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२६ पुगेको छ । विश्वब्यापी संक्रमितको संख्या ७५ हजार ६०० पुगेको छ ।
चीनबाहिर जापान र सिंगापुरमा भने कोरोना भाइरसको संक्रमण एक हजार जनामा फेला परेको छ । चीनको मुख्यभूमीबाहिर मृत्यु हुनेको संख्या दश पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजशिपमा सिंगापुरका ८४ तथा जापानको ६८ जनामा उक्त भाइरसको संक्रमण पाइएको छ । उक्त क्रूजशिपका करिब ६२४ जनामा संक्रमण फैलिएको थियो । जसमध्ये दुईजना वृद्ध यात्रुकोृ मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?