logo
२०८१ जेष्ठ ६ आईतवार



प्राकृतिक चिकित्सा तथा योग अस्पताल संघ गठन

स्वास्थ्य |


प्राकृतिक चिकित्सा तथा योग अस्पताल संघ गठन


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २१ गते । प्राकृतिक चिकित्सा तथा योगमा आबद्ध चिकित्सक तथा सञ्चालक एकजुट भएकाछन् । उनीहरुले प्राकृतिक चिकित्सा तथा योगलाई अगाडी बढाउन ‘प्राकृतिक चिकित्सा तथा योग अस्पताल संघ’ समेत गठन गरेकाछन् ।

सो संगठनको अध्यक्षमा सुर्दशन बस्नेत विजयी हुनुभएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा डा. जनक बहादुर बस्नेत, उपाध्यक्षमा डा. रविन श्रेष्ठ, प्रदेश उपाध्यक्षमा हरी सापकोटा, खुल्लातर्फको उपाध्यक्ष डा. दीपा पाण्डे निर्वाचित हुनुभएको छ । महासचिवमा रुपेश अधिकारी र कोषाध्यक्षमा आनन्द गैरे निर्वाचित हुनुभएको छ ।

यस्तै संघको सदस्यहरुमा डा. क्षितित बाराकोटी, डा. आयुषा अधिकारी, नमिता न्यौपाने, धुब्र अधिकारी, सरस्वती पन्थी भुषाल, शिव पौडेल निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सुदर्शन बस्नेतले नेपालमा प्राकृतिक चिकित्सा पछि परेकोले यो क्षेत्रमा काम गर्ने व्यक्तिहरु एकजुट भएको जानकारी दिनुभयो ।

एलोपेथिक उपचारबाट ठिक नभएका बिरामीहरु प्राकृतिक चिकित्साबाट पूर्ण रुपमा ठिक हुने गरेको भन्दै उहाँले प्राकृतिक चिकित्साबारे जनचेतना कमी रहेको बताउनुभयो । संघका महासचिव रुपेश अधिकारीले प्राकृतिक चिकित्सालाई नेपालको स्थापित उपचार पद्धतिको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?