logo
२०८१ बैशाख २० बिहीवार



एचआईभी संक्रमितका समस्यामा ध्यान नदिएको गुनासो

स्वास्थ्य |


एचआईभी संक्रमितका समस्यामा ध्यान नदिएको गुनासो


डिलबहादुर सिंह
डोटी, मंसिर १५ गते । “हामिलाई राज्यका सबै क्षेत्रवाट बेवास्ता गरे जस्तै छ, गाउँघरमा एचआईभी संक्रमितका समस्या जस्ताका त्यस्तै छन्, गाउँ गाउँमा सिंहदरवार भन्ने छ, हाम्रा लागि सिंहदरवार के हो काहा छ केही थाहा छैन” –३२औं बिश्व एड्स दिवसको अवसरमा डोटीको सिलगढीमा आईतवार आयोजित अन्तरिक्रया कार्यक्रममा एचआईभी संक्रमितहरुको जिल्ला स्तरिय सञ्जाल लालिगुराँस एकता समाजकी अध्यक्ष कमला मल्लको भनाई हो ।

पछिल्लो समयमा देशमा शासकिय सँरचना परिवर्तन भए सँगै स्थानीय तहले बजेट निर्माणमा एचआईभी संक्रमितका समस्यालाई संबोदन गर्न नसकेको गुनासो कार्यक्रममा उपस्थित एचआईभी संक्रमितहरुले गरे । पुर्वीचौकी गाउँपालिकाकी एचआईभी संक्रमित रमा कुवँर ( नाम परिवर्तन ) ले भन्नुभयो– “दैनिक औषधी खानुपर्छ , नियमित पौष्टिक आहार खानुपर्छ भनिएको छ, हामिलाई दैनिक हात मुख जोर्न नै धौ धौ छ ।”

जिल्ला स्वास्थ्य कार्यालय डोटी र जिल्ला स्थित बिभिन्न गैरसकारी संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा एचआईभी संक्रमितहरुको संख्या धेरै भएकाले उनिहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिनु पर्ने कुरामा उपस्थित सहभागीहरुले जोड दिए । अन्तरक्रिया कार्यक्रममा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले ठोस योजना सहित माग आए संक्रमितका समस्या सम्बोधन गर्नमा आफु तयार रहेको बताउनु भयो ।
जिल्लामा एचआइभी संक्रमितहरुको उपचारमा उल्लेख्य प्रगती भएको भए पनि आर्थिक अभावका कारण दैनिक जिवन यापनमा समस्या परिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भन्नुभयो,–“ जिल्लामा नियमित एआरटी औषधी सेवन गरिरहेकाहरु सात सय ९९ जना छन् । उनिहरु भनेका स्वस्थ्य मानिस सरह छन् । अव उनिहरुको आयआर्जनको लागि पनि सबै क्षेत्रवाट ध्यान दिनु जरुरी छ ।”

जिल्ला स्वास्थ्य कार्यालय डोटीवाट प्राप्त तथ्याँक अनुसार डोटीमा हाल सम्म नौ सय ९४ जना एचआईभी संक्रमित रहेको पत्ता लागेको छ । पत्ता लागेका एचआइभी संक्रमितहरु एकसय ७५ जनाको एचआईभी संक्रमणका कारण ज्यान गईसकेको छ ।
बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्यायन अनुसार जिल्लामा पत्ता लागेका एचआईभी संक्रमितहरुमा कामका लागि भारत गएर फर्केकाहरु र उनिहरुका श्रीमती बढी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?