logo
२०८१ बैशाख १४ शुक्रवार



संक्रमितलाई रोगभन्दा घरायसी हिसांको चिन्ता

स्वास्थ्य |
प्रदेश |


संक्रमितलाई रोगभन्दा घरायसी हिसांको चिन्ता


अर्जुन काफ्ले
स्याङ्जा, मंङसिर १४ गते । दक्षिण जगतभञ्ज्याङ्का ४० बर्षिय जगत बहादुर खडकाले आफु एचआईभी एड्सबाट भन्दा घरायसी हिसांबाट पिडित भएको गुनासो गर्नुहुन्छ ।
एचआईभी एडस संक्रमित खड्काले आफु संक्रमित भएको चिन्ता नभएपनि घरायसी हिसांबाट पिडित भएको गुनासो गर्नुभयो । रोजगारीको लागि भारतमा जादाँ १० बर्ष पहिला एचआईभि सङ्क्रमित हुनु भएका खड्काले हिन्दुहरुको महान चाड दशैमा आफ्नै बाबुले टीका नलगाएको गुनासो गर्नुभयो ।
उहाँले संक्रमित भएकै कारणले प्रत्येक तिन बर्षमा मनाउने कुल पुजामा समेत सहभागी हुन नपाएको गुनासो गर्नुहुन्छ । खड्का दुव्र्यहार सहन नपरोस भनेर एचआईभीको क्षेत्रमा काम गर्ने संस्थामा आबद्ध भएर काम गरिरहेको बताउनुभयो ।
खड्का मात्र होइन, यहाँ एचआईभी एड्सबाट संक्रमित अधिकांश गुनासो एकै खालको रहेको छ ।
अहिलेको युगमा पनि एचआईभी संक्रमितहरुप्रति आफ्नै घरपरिवार तथा समाजबाट अपहेलना तथा दुव्र्यहार हुने घटनाहरु अझै नियन्त्रण हुन नसक्नुमा राज्य दोषी रहेको संक्रमितहरुको गुनासो छ । २०६५ सालमा पहिलो पटक स्याङ्जामा एचआईभी एड्सबाट संक्रमित भेटिए पनि अहिले संक्रमितको संख्या तीन सय १८ पुगेका छन् ।
आयु लम्बाउन सहयोग गर्ने औषधी एआरटी संख्या २ सय ७२ रहेको जिल्ला स्वास्थ्यका फोकल पर्सन बिष्णु सुबेदीले बताउनुहुन्छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औषधी खानेमा एक सय ११ जना पुरुष, १ सय ५० महिला र ११ जना बालबालिका रहेका छन् ।
विश्व भर संक्रमितको संख्या घटिरहदाँ चालू आर्थिक बर्षमा १६ जना बढ्नु राम्रो नभएको जिवन वाटिका नेपालका अध्यक्ष नबिन अर्याल बताउनुहुन्छ । सामाजिक अपहेलना र दुव्र्यवहारले रगत जचाउन धाक मान्दा जिल्ला स्वास्थ्यमा रहेको तथ्याङ भन्दा एचआईभी संक्रमित तथा प्रभावित धेरै बढी हुनसक्ने अर्यालको दाबी छ ।
एचआईभी एड्ससँग सरोकार राखी काम गर्ने आधा दर्जन भन्दा बढी विभिन्न संघरसंस्था छन् ।
१३ बर्षको अवधिमा यहाँ ५७ जनाको मृत्यु भएको बताउदै कम्युनिटी सर्पोर्ट गु्रपकी मेनुका खाणले एचआइभी संक्रमितको संख्या स्याङ्जाको ग्रामीण बस्तीमा बढि रहेकोे बताउनुभयो ।
स्याङ्जामा एचआईभी एड्सबाट साबिक पुतलीबजार र वालिङ् नगरपालिका, खिलुङ् देउराली, श्रीकृष्ण गण्डकी, अर्जुनचौपारी, पकवादी, रत्नपुर, कुवाकोट, मालुङ्गा, थुमपोखरा, सिर्सेकोट, कालिकाकोट, पिडिखोला मुख्य जोखिमको सूचीमा छन् ।





 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?