logo
२०८१ बैशाख १५ शनिवार



डेङ्गु नियन्त्रणका लागि सचेतना अभियान

स्वास्थ्य |


डेङ्गु नियन्त्रणका लागि सचेतना अभियान
 डेङ्गु नियन्त्रणका लागि लालबन्दी नगरपालिका–५, मा सरसफाई गरिँदै ।


जनार्जन खत्री
सर्लाही, असोज ५ गते । डेङ्गु रोग नियन्त्रण गर्न सर्लाहीका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ ।

पछिल्लो समय व्यापक रुपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि जिल्लामा चेतनामूलक कार्यक्रमसँगै सरसफाई गर्ने र लामखुट्टे नष्ट गर्न औषधि छर्ने काम थालिएको हो ।

यसैक्रममा डेङ्गु रोग नियन्त्रण गर्ने उद्देश्यले आइतवार बिहान लालबन्दी नगरपालिका–५, मेजरगञ्ज क्षेत्रमा सरसफाई गरिएको छ ।

जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र स्थानीयबासीको उपस्थितिमा सरसफाई गरिएको वडाध्यक्ष मोहनहरि भण्डारीले जानकारी दिनुभयो ।

हालसम्म तीनजना डेङ्गु रोगी फेला परिसकेको हरिवनमा पनि केही दिनअघि देखि डेङ्गु रोगविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस्तै, डेङ्गु सार्ने लामखुट्टे नष्ट गर्ने उद्देश्यले जिल्लाको बागमती नगरपालिका–१२, पुतलीचोक आसपासको गाउँमा आइतवार बिहान विषादी छर्किएको छ ।

स्थानीयको घरसहित थोत्रा सरसामान राखिएको ग्यारेजमा औषधि छिट्ने काम गरिएको स्थानीय अक्षयलाल साहले बताउनुभयो ।

एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गुबाट बच्न पानी जम्ने भाँडाको नियमित पानी फेर्न, घर वरपर सरसफाई गर्ने, सुत्दा झुलको प्रयोग गर्ने र लामखुट्टेको टोकाईबाट बच्ने अन्य उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?