logo
२०८१ बैशाख १४ शुक्रवार



चिकित्सा शिक्षामा छात्रवृत्तिको माग गर्दै प्रदर्शन

स्वास्थ्य |


चिकित्सा शिक्षामा छात्रवृत्तिको माग गर्दै प्रदर्शन



गाेरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २४ गते । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार स्नातक तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन माग गर्दै चिकित्सा शिक्षा संघर्ष समितिले प्रदर्शन गरेको छ । मंगलबार माइतीघरदेखि बानेश्वरसम्म भएको ¥यालीपछि कोणसभा गरेको थियो ।

सबै विश्वविद्यालयको परीक्षा साझा एकीकृत प्रवेश परीक्षा लागु गर्नुपर्ने, ७५ प्रतिशत छात्रवृत्ति लागु गर्नु पर्ने, नीजि मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी अतिरिक्त शुल्क लिन नपाईने लगायतका माग पूरा गर्न दवाव दिन प्रदर्शन गरेका हुन ।

संघर्ष समितिका संयोजक डा. मिलन गैरेले शिक्षा मन्त्रीबाट समेत यहि वर्षबाट स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति लागु गर्ने प्रतिबद्धता आइसकेकोले त्यसलाई दबाब दिनको लागि प्रदर्शन गरिएको बताउनुभयो ।

उहाँले आफ्ना माग पूरा हुने सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन यो समग्र मेडिकल शिक्षामा देखिएको बेथिति विरुद्ध भएको बताउनुभयो ।

समितिले यसअघि त्रिभ’वन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्साशास्त्र तर्फको डीन अफिसमा तालाबन्दी समेत गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?