logo
२०८१ बैशाख २० बिहीवार



एनएसएल नियम विपरित : ‘ए’ डिभिजन क्लब

फुटबल |
खेलकुद |


एनएसएल नियम विपरित : ‘ए’ डिभिजन क्लब


काठमाडौँ, फाल्गुन २९ गते । ‘ए’ डिभिजन क्लबहरुले शहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको अवस्थामा नेपाल सुपर लिग (एनएसएल) घोषणा गरिनु नियम विपरित भएको उल्लेख गरेका छन् । ‘ए’ डिभिजन क्लबक्लबहरु एनआरटी, मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले आइतबार संयुक्त पत्रकार सम्मेलनगरी यस्तो धारणा राखेका हुन् ।

क्लबहरुले खेलाडीलाई अनुबन्ध गरिरहेको अवस्थामा फ्रेन्चाइज लिगको नाममा आफ्ना खेलाडीलाई अक्सनमा राखेर अनुवन्ध गरिनु आपत्ति जनक भएको पनि बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुसँग छलफल नै नगरी एनएसएल आयोजन गर्न दिनु र खेलाडीलाई अक्सनमा राखिनु अर्को कमजोरी भएको पनि क्लबहरुको भनाई छ ।

उनीहरुले एन्फाको मंगरबार बस्ने बैठकमा क्लबको माग सम्बोधन नगरिए एन्फामा रहेको क्लबका निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने समेत बताएका छन् । यसअघि आठ क्लबले एनएसएलमा आफ्ना खेलाडीलाई क्लबको अनुमतिविना अनुबन्ध नगर्न नगराउन एन्फामार्फत माग गरेका थिए । तर एनएसएल आयोजकले क्लबहरुको कुरा नसुनी अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्टको आयोजनामा चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज फुटबल लिग (एनएसएल) मा विभिन्न १० शहरका १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिातका खेलहरु पोखरा र काठमाडौँमा खेलाईने बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?