logo
२०८१ जेष्ठ ७ सोमवार



लिड्समाथि लिभरपुलको गोल वर्षा

फुटबल |
खेलकुद |


लिड्समाथि लिभरपुलको गोल वर्षा


काठमाडौँ, फाल्गुन १२ गते । मोहम्मद सलाह र साडियो माने चम्किएपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० गोलले हरायो ।

एकपक्षीय खेलमा लिभरपुललाई जिताउन सलाह र मानेले दुई दुई तथा जोएल मटिप र भर्जिल भानडाइकले एक एक गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा तीन तीन गोल गरेको लिभरपुलले १५औँ मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेको थियो । सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो । ३०औँ मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो। ३५औँ मिनेटमा सलाहले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

त्यसपछि ८०औँ मिनेटमा मानेले जोर्डन हेन्डरसनको पासमा गोल गर्दै लिभरपुललाई थप बलियो बनाउनुभयो । ९०औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल थप्नुभयो । दोस्रो हाफको इन्जुरी समयमा भर्जिल भानडाइकले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलले २६ खेलबाट ६० अंक बनाएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटएको ६३ अंक छ । पराजित लिड्स २३ अंक सहित १५औँ स्थानमा छ ।

बुधबार रातिनै भएको अकोृ खेलमा टोट्टनहाम वर्नलीसँग १–० गोलले पराजित भएको छ । घरेलु मैदानमा बर्नलीलाई जिताउन वेन मीले ७१औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितेपनि बर्नलीले रेलिगेसन रेखा छल्न सकेको छैन । २० अंक बनाएको बर्नली १८औँ स्थानमा छ । पराजित टोट्टनहाम ३९ अंक सहित आठौँ स्थानमा छ । अर्को खेलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई ४–१ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?