logo
२०८१ बैशाख २६ बुधवार



महिला लिग फुटबल चितवनमा

फुटबल |
खेलकुद |


महिला लिग फुटबल चितवनमा


काठमाडौँ, फाल्गुन ३ गते । राष्ट्रिय महिला लिग फुटबल चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगका खेलहरू चितवनमा चैत दोस्रो साताबाट सञ्चालन गर्ने जनाएको छ । लिगका लागि एन्फाले मंगलबार भरतपुर महानगरपालिकासँग सम्झौता पनि गरेको छ ।

सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार लिग ब्यवस्थापनको सम्पूर्ण खर्च भरतपुर महानगरपालिकाले व्यहोर्नेछ।

लिगका खेलहरु भरतपुर–९ र भरतपुर–१९ को रंगशालामा हुनेछ छ । लिगमा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका गरी आठ टोलीको सहभागिता रहने बताईएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?