logo
२०८१ बैशाख १४ शुक्रवार



युनाइटेड र टोट्टनहाम विजयी

फुटबल |
खेलकुद |


युनाइटेड र टोट्टनहाम विजयी


काठमाडौँ, माघ ६ गते । इङ्लिस प्रियिमर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोट्टनहाम विजयी भएका छन् । बुधबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफर्डलाई उसैको मैदानमा ३–१ गोलले हरायो । अर्को खेलमा टोट्टनहामले लेस्टर सिटीलाई ३–२ गोलले स्तब्ध बनायो ।

युनाइटेडको जितमा एन्थोनी इलांगा, मासन ग्रीनवुड र मार्कस रासफोर्डले गोल गर्नुभयो । घरेलु टोलीका इब्रेन्टफर्डका इभान टोनीले सान्त्वना गोल फर्काउनु भयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा युनाइटेडले ५५औँ मिनेटमा अग्रता लिएकको थियो ।

एन्थोनी इलांगाले फ्रेडको पासमा हेड गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६२औँ मिनेटमा मासन ग्रीनवुडले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाउनुभयो ।

७७औँ मिनेटमा रासफोर्डले ब्रुनोकै पासमा गोल गर्दै युनाइटेडलाई थप बिलयो बनाउनुभयो । ८५औँ मिनेटमा इब्रेन्टफर्डका इभान टोनीले एक गोल फर्काएपनि युनाइटेड सजिलै विजयी भयो । जितसँगै २१ खेलबाट ३५ अंक बनाएको युनाइटेड सातौँ स्थानमा छ । पराजित ब्रेन्टफर्ड २३ अंक सहित १४औँ स्थानमै छ ।

यसैगरी टोट्टनहामलाई जिताउन स्टेभन बर्गवाइनले इन्जुरी समयको अन्तिममा दुई गोल गनर्सभयो । खेलमा दुई पटक पछि परेको टोट्टनहामले पूनरागमन जित निकालेको हो । टोट्टनहामका लागि अर्को गोल ह्यारी केनले गर्नुभएको थियो । लेस्टरका पाट्सन डाका र जेम्स म्याडिसनले गोल गरेपनि टोलीको हार टरेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा लेस्टरले २४औँ मिनेटमा डाकाको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ३८औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७६औँ मिनेटमा म्याडिसनले गोल गरेपछि लेस्टरले पुनः अग्रता बनायो । त्यसपछि इन्जुरी समयको थप समयमा बर्गवाइनले लगातार दुई गोल गर्दै टोट्टनहामलाई रोमाञ्चक जित दिलाउनुभयो ।

जितसँगै टोट्टनहाम पाँचौँ स्थानमा उक्लिएको छ । टोट्टनहामले १९ खेलबाट ३६ अंक बनाएको छ । पराजित लेस्टर २५ अंकसहित १०औँ स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २२ खेलबाट ५६ अंक, दोस्रो स्थानमा रहेको लिभरपुलको २१ खेलबाट ४५ अंक र तेस्रो स्थानमा रहेको रियल बेटिसको २३ खेलबाट ४४ अंक छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?