logo
२०८१ जेष्ठ ८ मंगलवार



‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

फुटबल |
खेलकुद |


‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित


काठमाडौँ, पुस ५ गते । विभागीय टोली एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ । दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो ।

क्लबको इतिहासमा पहिलो पटक विदेशी खेलाडी समावेश गरेर मैदानमा उत्रिएको एपीएफले उत्कृष्ट प्रदर्शन गरको थियो । जापानी गोलरक्षक युया कुरियामालाई टोलीमा समावेश गरेको एपीएफलाई जिताउन आशिष लामाले दुई गोल गर्नुभयो । अर्को गोल बिकी तामाङको गर्नुभएको थियो ।

फ्रेन्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काउनु भयो । सुरुवाती २० मिनेट आक्रामक प्रदर्शन गरको फ्रेन्ड्स दोस्रो हाफमा निरिह बनेको थियो । फ्रेन्ड्ले पाँचौं मिनेटमै वान भर्सेस वानको सुनौलो अवसर खेर फालेको थियो जमुल एन्थोनीको वान भर्सेस वान प्रहारलाई एपीएफका जापानी गोलरक्षक युयाले विफल पार्नुभएको थियो ।

त्यसपछि एपीएफले ३०औँ मिनेटमा खाता खोल्यो । बिकीले कप्तान नविन लामाको पासमा पोस्ट नजिकबाट गोल गर्नुभएको थियो । दुई मिनेट लगत्तै आशिषले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाउनुभयो । उहाले कप्तान नवीनकै पासमा गोल गर्नुभएको थियो ।

५७औँ मिनेटमा आशिषले आवास लामिछानेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता थप बलियो बनाउनुभयो । फ्रेन्ड्सले ६९औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल पर्काएको थियो । एपीएफका दीपेश धिमालले डिबक्स भित्र जमुल एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । ७१औँ मिनेटमा वान भेसैस वानको मौका गुमाए पनि एपीएफका आशिषले ह्याट्रिक गोलबाट चुक्नुभएको थियो ।

दुई गोल गर्न सफल एपीएफका आशिष लामा ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । एपीएफकै आवास लामिछाने ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । जितसँगै पाँच खेलबाट चार अङ्क बनाएको एपीएफ ११औँ स्थानमा छ ।

एपीएफले पाँचौँ राउन्डमा आएर रेलिगेसन रेखा छलेको हो । समान खेलबाट दुई अङ्क बनाएको फ्रेन्ड्स अन्तिममा छ । पाँचौँ चरणको समाप्तिसँगै शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १३ अङ्क छ । दोस्रो स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको ११ र तेस्रो स्थानमा रहेको साविक उपविजेता आर्मी र चौथो स्थानमा रहेको सङ्कटाको समान नौ अङ्क छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?