logo
२०८१ जेष्ठ ७ सोमवार



लिड्समाथि म्यानचेस्टर सिटीको गोल वर्षा

फुटबल |
खेलकुद |


लिड्समाथि म्यानचेस्टर सिटीको गोल वर्षा


काठमाडौँ, मङ्सिर २९ गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिड्सलाई ७–० गोलले हरायो ।

सिटीको जितमा केभिन डि ब्रुयनले दुई गोल गर्नुभयो । फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथन एकले एक एक गोल गर्नुभयो । पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा चार गोल थपेको थियो ।

आठौँ मिनेटमा फिल फोडेनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । १३औँ मिनेटमा ज्याक ग्रेलिसले रियाद महारेजको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । ३२औँ मिनेटमा ब्रुयनले रोड्रीको पासमा गोल गर्दै पहिलो हाफमै सिटीको अग्रता बलियो बनाउनुभयो ।

दोस्रो हाफमा पनि आक्रामक देखिएको सिटीले लगातार गोल थप्यो । ४९औँ मिनेटमा रियाद महारेजले गोल थर्नुभयो । ६२औँ मिनेटमा ब्रुयनले गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।
जोन स्टोन्सले ७४औँ र नाथन एकेले ७८औँ मिनेटमा गोलगर्दै सिटीलाई फराकिलो जित दिलाउनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीले १७ खेलबाट ४१ अङ्क बनाएको छ । सिटी दोस्रो स्थानको लिभरपुलभन्दा चार अङ्कले अगाडि छ । एक खेल कम खेलेको लिभरपुलको ३७ अङ्क छ । पराजित लिड्स १६ अङ्कसहित १६औँ नै स्थानमा छ ।

मङ्गलबार रातिनै भएको अकोृ खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० गोलले हरायो । एस्टन भिल्लाको जितमा ज्याकोव राम्सेले ३४औँ र ओले वाट्किन्सले ८७औं मिनेटमा गोल गर्नुभयो । जितसँगै २२ अङ्क बााएकमो एस्टन भिल्ला नवौं स्थानमा छ । पराजित नर्विच १० अङ्कसहित अन्तिममा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?